मधेश प्रदेशका आठ वटा जिल्लाको पछिल्लो चुनावी परिणाम प्राप्त भएको छ । जसमा नेपाली काँग्रेसले ३६,एमालेले १७,माओवादी केन्द्रले ११,नेकपा एकीकृत समाजवादीले ४, लोसपाले ६,जसपाले ११ र स्वतन्त्रले १ स्थान जितेका छन् ।
सप्तरीमा काँग्रेसले २, एमाले १,लोसपा १, जसपा २ स्थानमा विजयी भएका छन् । सिरहामा काँग्रेस २, एमाले २,माओवादी २ र जसपाले ३ स्थान जितेको छ ।
धनुषामा काँग्रेस ८, एमाले ४,एकीकृत समाजवादी १ र जसपा १ वडामा विजयी भएका छन् । महोत्तरीमा काँग्रेस १, एमाले १,माओवादी ३, लोसपा १,जसपा १ र स्वतन्त्रले १ स्थान हात पारेका छन् ।
सर्लाहीमा नेपाली काँग्रेस १३, एमाले २, माओवादी केन्द्र ५, एकीकृत समाजवादी २, लोसपा ३, जसपा २ स्थानमा विजयी भएका हुन् । रौतहटमा काँग्रेस ३, एमाले २, माओवादी केन्द्र १, एकीकृत समाजवादी १, लोसपाले १ स्थान सुरक्षित गरेका छन् ।
बारामा काँग्रेस ३, एमाले २, जसपा १ स्थानमा विजयी भएका छन् भने पर्सामा काँग्रेस ४, एमाले ३, जसपा १ स्थानमा विजयी भएको देखिएको छ ।