प्रधानमन्त्री देउवाले गरे – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शुभारम्भ

जेठ २, बुद्ध जयन्तीको अवसर पारेर कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गरेको छ।

सोमबार बिहान विमानस्थल आईपुगेको जजिराको जहाजलाई प्रधानमन्त्री देउवा, पर्यटनमन्त्री प्रेम बहादुर आलेले भैरहवामा स्वागत गरे। यसका साथै प्रधानमन्त्री शेर बहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक शुभारम्भ गरे।

नियमित रूपमा अन्तर्राष्ट्रिय उडानको लागि जजिराले अनुमती पाएको थियो। काठमाडौंमा समेत नियमित उडान गरिरहेको जजिराले आजबाट नियमित रूपमा कुबेत–भैरहवा–कुवेत उडान गर्ने छ।

नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुबेतबार उडान भरेको जजिरा बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

भरखरै मात्र निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान अनुमति लिएको जजिरा एयरले अहिलेको लागि हप्ताको ३ दिन उडान गर्ने छ।

भैरहवाबाट सोमबार, बुधबार र शुक्रबार बिहान २ः३० बजे उडान हुनेछ भने कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ः१५ अवतरण हुनेछ । त्यसै गरि कुवेतबाट मंगलबार, बिहिबार र शुक्रबार साँझ ६३० बजे उडान हुनेछ भने भैरहवामा विहान १ः४५ बजे अवतरण हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation