चुनावमा भाग लिएका जिल्ला सेक्रेटरी खिम घर्ती(माहुरी) कारबाही

मिति २०७९ जेष्ठ २ गते कमरेड माहुरीद्धारा हस्ताक्षर गरेको विज्ञप्तिमा नेकपा (बहुमत)को  लाई फुट प्रस्त सहभागि भई हालसम्म पार्टी सम्पर्कमा नरही पार्टी नितिविपरीत गतिविधिमा संलग्न रहेको भनि निष्काशित गरिएको झुट प्रचारबाजी गरिएको विज्ञप्तिप्रति नेकपा(बहुमत)को  गम्भरी ध्यानाकर्षण रहेको छ ।

 

पार्टीको जिल्लाको पूर्ण बैठकको निणर्य विपरीत जिल्ला सेक्रेटरी खिम घर्ती कमरेड(माहुरी)ले जबरजस्ती स्वतन्त्र उम्मेदवार उठाउने, दलाल संसदीय व्यवस्थाका मतियार संग मिल्ने, कथित चुनावमा आफ्ना पक्षधरलाई भोट माग्ने र मतदान केन्द्रमा गई मतदान गर्ने, नोमिनेशनको क्रममा गठबन्धनका उम्मेदवार बोकेर निर्वाचन कार्यालय जाने गरेको कारणले कारबाही गरी पार्टी अगाडी बढेको छ ।

 

जिल्लाका दुईतिहाई भन्दा बढी जिल्ला सदस्य, जबस, जातियमोर्चा, पालिका कमिटीहरु सबै एक ढिक्का भएर समाजवादी क्रान्तिको पक्षमा रहेको भन्दै संयोजक बारुद विज्ञप्ति जारि गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation