![](https://ujyaalopost.com/wp-content/uploads/2022/05/dhruba-kharel-and-laxmi-gurung.jpg)
रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् ।
२०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका खत्रीलाई खरेलले १ हजार ६२० मत अन्तरले पराजित गरेका हुन् । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाए ।
२०७४ सालमा उपमेयर समेत जितेकी विद्यालक्ष्मीले ३ हजार ७ सय ८४ मत पाउँदा नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीले ७ हजार २९० मत पाइन् ।