मतपेटिकाको सिल तोडेको भेटिए पछि रोकियो बुटवल ११ को मतगणना

बुटवल उपमहानगरपालिका – ११ को मतगणना कार्य स्थगित भएको छ। मतगणनाको क्रममा वडा नम्बर ११ को मतपेटिका शिल तोडिएको भेटिएपछि मतगणना कार्य स्थगित भएको हो। सो शिल मतपेटिकाको कपडा भित्र भेटिएको छ ।

मतपेटिकाभित्रै स्वस्तिक छाप समेत फेला परेपछि अहिले मतगणना कार्य स्थगित भएको निर्वाचन कार्यालयले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मतपेटिका नै शिल तोडिएको भन्दै पुनः मतदान हुनपर्ने माग गर्दै मत गणना स्थलबाट बाहिरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation