विष्णु पौडेलको वडामा एमालेको पराजित, कांग्रेस विजयी

बुटवल । पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।

नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार ज्ञान प्रसाद पंगेनी १५३९ मत ल्याएर विजयी भएका हुन् । एमालेका अर्यालले भने १५०८ मत पाएका छन्। यो वडामा यसअघि एमालेले नै जित्दै आएको थियो। कांग्रेसले भने ३० वर्षअघिको स्थानीय चुनावमा यो वडा जितेको थियो।

यो वडामा ०४९ सालयता एमाले पहिलोपटक पराजित भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation