नेकपा महराजगंजद्धारा दलगत राहत वितरण प्रति आपत्ति

दिलिप कुमार यादव, कपिलवस्तु । २१ चैत्र

कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं. ७ कुशहवामा भएको राहत वितरण दलगत व्यक्तिहरुलाई मत्रै दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी महाराजगंज नगर कमिटिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नगर कमिटि अध्यक्ष विजय प्रकाश जैसवालले एक विज्ञप्ती जारी गर्दै दैनिक ज्यालादारीमा काम गरि जिविको पार्जन गर्दै आएका गरिव, असहाय, मजदुर, होटल, पसल, कारखानामा तथा इटा भट्टामा काम गर्ने श्रमिकलाई राहत दिनु पर्ने ठाँउमा दलगतलाई दिएको अरोप लगाईएको छ ।

संघिय सरकारले जारी गरेको राहत सम्बन्धी मापदण्ड २०७६ देश भरीमा राहात वितरण गर्न निर्देशन गरिएता पनि महाराजगंज नगरपालिकाले सो मापदण्डको दफा ३ बमोजिमका व्याक्तीहरूलाई दफा ५ बमोजिम राहात सामाग्री उपलब्ध गराउनु पर्ने र राहात पाउने व्याक्तिहरुको विवरण ३ दिन अगावै सार्बजनिक गर्नु पर्ने स्पष्ट व्यवस्था हुंदा हुदै पनि त्यसको विपरीत कार्य गरेको बताईएको छ । वार्ड नं. ७ मा राहात सामाग्री वितरण गर्दा सो गाउँमा स्थायी बसोबास गर्ने लक्षित बर्ग तथा बुद्धिजिवी समाजसेवीहरूले वडाले मापदण्ड विपरित राजनैतिक दलगत भावनाबाट प्रेरित भइ राहात सामाग्री वितरण भएको भन्दै बिरोध गरेका छन् ।

स्थानीय सरकारले संघीय सरकारको निर्देशन अुनसार दलगत भावना भन्दा माथि उठी वास्तविक राहात पाउन योग्हरुलाई राहत दिनु सट्टा आफ्ना कार्यकर्ताहरुलाई राहात वितरणको गरेको प्रति नेपाल कम्युनिष्ट पार्टी महाराजगंज नगर कमिटिको गम्भिर ध्यानाकर्षण विज्ञाप्तीमा उल्लेख छ । साथै महाराजगंज नगरपालिका भित्र बनाईएका क्वारेन्टाइनहरू मापदण्ड अनुसार नभइ अवश्यक सेवाहरू समेत उपलब्ध नगराइएकोले राहात तथा क्वारेन्टाइन व्यवस्थापन वापत प्रति वडा रू ५ लाख ५० हजार समेत दुरूपयोग हुने सम्भावना देखिएकोले त्यस प्रकृयाको समेत भत्र्सना गर्दै मापदण्ड कार्यविधी अनुसार राहत वितरण तथा क्वारेन्टाइन व्यवस्थापनमा सम्बन्धित सरोकारवालाको ध्यान दिना विज्ञप्ती जारी गरिएको जैसवालले बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation