तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका मोहन चापागाईँ र कांग्रेसका रामकृष्ण खाँण बीच तीब्र प्रतिस्पर्धा रहेको छ। २९ हजार ३२४ मत गन्दा नेपाली कांग्रेसका उम्मेद्वार खाँण एमालेका चापागाई भन्दा १७७ मतले अग्रता लिएका छन् ।
कांग्रेसका खाँणले ११ हजार ३६६ मत पाउँदा एमालेका चापागाईँले ११ हजार १८९ मत पाएका छन् । यस्तै उपप्रमुखमा भने नेकपा एमालेकी जागेश्वरी चौधरीले फराकिलो अग्रता लिएकी छिन् । चौधरीले १० हजार ८६७ मत पाउँदा माओवादीका उम्मेद्वार हेमन्त पाण्डेले ५ हजार ४३४ मत पाएका छन् ।