रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गणना भएको ३० हजार ७ सय ३४ मतको परिणाम सार्वजनिक गर्दा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका रामकृष्ण खांण अगाडी छन्।
२२ हजार मत गणना सम्पन्न भएदेखि निरन्तर अगाडी रहेका खाणले त्यसयता निरन्तर अग्रता लिएका छन्। खांणले पछिल्लो पटकको नतिजामा ११ हजार ९ सय ४९ मत पाएका छन्। उनलाई नेकपा एमालेका उम्मेद्वार मोहन चापागाईंले पछ्याई रहेका छन्। चापागाईले ११ हजार ५ सय ९२ मत पाएका छन। खांण भन्दा चापागाई ३५७ मतले पछाडी परेका छन्।
उप–प्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी ५ हजार ५ सय ५५ मतले अगाडी छन्। एमालेकी जागेश्वरीदेवि चौधरीले ११ हजार २ सय ७० मत पाउदा उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले ५ हजार ७ सय १५ मत प्राप्त गरेका छन् ।
तिलोत्तमा नगरपालिकामा हाल सम्म वडा नं १, २, ३, १५, १६ र १७ नं वडाको अन्तिम परिणाम आई सकेको छ। ति वडा मध्ये वडा नं १ र १५ मा नेकपा एमालेले बिजय हासिल गरेको छ भने वडा नं २,३ १६ र १७ मा नेपाली कांगे्रसले बिजय हासिल गरेको छ।