डान्सिङ् एण्ड मोडलिङ् स्टार २०२२ प्रतियोगिता, रुपन्देहीको सैनामैना मा सुरु

रुपन्देहीको सैनामैना मा डान्सिङ् एण्ड मोडलिङ् स्टार २०२२ संचालन भएको छ। सैनामैना नगरपालिका भित्रका सबै पर्यटकीय स्थलको प्रचार प्रसार र सुन्दर सैनामैना बनाउने उद्देश्यले आयोजना भएको यस कार्यक्रम सैनामैनाको मुर्गिया मा अवस्थित ग्लोबल पार्टी प्यालेसमा संचालन भई रहेको छ।

 

सैनामैना डान्सिङ् एण्ड मोडलिङ् स्टार २०२२ को पहिलो चरणको अडिसन यही जेठ ७ गते सैनामैना –२ मुर्गिया ग्लोबल पार्टी प्यालेसमा सम्पन्न भएको थियोे। मोडलिङ् तर्फ सहभागी १३ जना मध्य ११ जना र डान्सिङ् तर्फ सहभागी ४२ जना मध्य ३६ जना बाकि चरणका लागि छनौट हुन सफल भएका हुन् ।

 

कार्यक्रम को दोस्रो चरणको अडिसन जेठ १० गते मंगलबार का दिन सम्पन्न भएको छ। जेठ ११ गतेबाट निरन्तर मोडलिङ (सुन्दरता) प्रतियोगिताका लागि तालिम संचालन हुने र डान्सिङ् प्रतियोगिताको मेगा अडिसन राउन्ड भने यहि आउदो १४ गते हुने कार्यक्रमका प्रमुख साहिर के।सि ले जानकारी दिए। एस्.के स्टाईल क्रियशन को आयोजनामा हुन गईरहेको उक्त कार्यक्रम को संयोजकत्व गोकुल न्यौपाने ले गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation