रुपन्देही तिलोत्तमाको मेयरमा काँग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका हुन् । उनले एमाले उम्मेदवार मोहन चापागाइँलाई ७६५ मतले हराउँदै तिलोत्तमाको नगर प्रमुख पदमा विजयी भएका हुन् ।

 

तिलोत्तमाको प्रमुखमा निर्वाचित काँग्रेस नेता खाँणले २४ हजार ३९६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्दी एमाले उम्मेदवार चापागाइँले २३ हजार ६३१ मत प्राप्त गरे ।

 

त्यस्तै, उपप्रमुखमा भने फराकिलो मतान्तर सहित एमाले उम्मेदवार जागेश्वरीदेवी चौधरी विजयी भएकी छिन् । उपप्रमुखमा निर्वाचित चौधरीले २३ हजार ८६ मत प्राप्त गरिन । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation