सुरेश परियार,जेठ ३० गते
रुपन्देहीको सैनामैनाबाट ठूलो परिमाणमा अबैध चिनी बरामद गरिएको छ।इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख तथा प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलिले अबैध चिनी र चामल बरामद गरेको हो ।
सालझण्डीबाट पाल्पातर्फ जाँदै गरेको लु ३ च ११३३ नम्वरको बलेरो पिकअपमा भन्सार छली गरि ल्याएको अवस्थामा सैनामैना वडा नं १० भच्कैयाबाट अबैध ८ क्विन्टल चिनि र ३ क्विन्टल चामल बरामद गरिएको सालझण्डीका प्रमुख तथा प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए । प्रहरी निरीक्षक मरासिनीका अनुसार कञ्चन वडा नं १ हात्तिबजार स्थित सुमन पन्तले सञ्चालन गर्दै आएको आरति किराना पसल तथा सावित्री ट्रेडर्सबाट अबैध सामान ल्याएको अनुसन्धान पछी खुलेको छ ।
बरामद गरिएको अबैध चिनी र चामलको बजार मुल्य रु.१ लाख २७ हजार ९ सय १५ रुपैया पर्न जाने अनुमान गरिएको छ ।
अबैध सामान ओसारपोसार गर्ने गाडि सहित २ जना ब्यक्ति लाई समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी आन्तरिक राजश्व अनुसन्धान कार्यालय बुटबल पठाईएको छ ।
यस्तै,सोही घटनाबारे अनुसन्धान गर्ने क्रममा आरति किराना पसलको स्टोरमा खानतलासी गर्ने क्रममा म्याद गुज्रिएका विभिन्न उपभोग्य सामान बरामद गरी स्थानिय जनप्रतिनिधी,प्रहरी, सञ्चारकर्मीको रहोबरमा नष्ट गरिएको छ । पछिल्लो समय अबैध रुपमा हुने क्रियाकलापको विरुद्धमा सालझण्डी प्रहरी तदारुकताका साथ लागेको पाईएको छ ।