तिन महिने सिलाई कटाई तालिम सम्पन्न : सैनामैना

 

१२ गते, सैनामैना
रुपन्देहिको सैनामैना नगरपालिका वडा नम्बर १० सालझण्डिमा गरिव तथा निम्न वर्गिय महिला दिदी बहिनीलाई तिन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख फणेन्द्र शर्माले प्रत्येक सिकाईले मानिसलाई अब्बल गराउछ, राम्रो होटलको रुम भित्रको रहेको सामाग्री समेत राम्रो सँग प्रयोग गर्न जान्दैनै हामी त्यसैले सिकि राख्न पर्छ, नयाँ डिजाइनको‌ कपडा सिलाउन सके त्यसले राम्रो काम गर्न सक्छ, कैचिले पहिला काट्छ अनि सियोले जोडछ त्यसरि नै सबै मिलेर काम गर्नु पर्छ, परिवारको इच्छा पुरा गर्न सकिने छ राम्रो सँग सिलाई कटाई गरे हामीले हाम्रो कपडा हजुरहरु सग सिलाउन पाउ भने सुभेच्छा प्रकट गर्नुभयो।

कार्यक्रमका विशिष्टता अतिथि रहेका सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानले यो तालिम लिगि सकेपछि केहि नभयानी आफ्नो घरको परिवारको कपडा सिलाउन सक्नु भो भने पनि राम्रो हुन्छ भन्ने धारणा व्यक्त गर्नुभयो।

तस्तै उक्त कार्यक्रममा विशिष्टता अतिथि रहेका सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारीले यस सिलाई बाट सबैको परिवार मा खुसी छाहोस भने शुभकामना व्यक्त गर्नुभएको थियो ।

यस्तै उक्त कार्यक्रममा अध्यक्षता सैनामैना नगरपालिका वडा नं १० का अध्यक्ष कृष्ण प्रसाद धिमिरेले लगानीका लागि कसैले व्यवसायी सुरु गर्न चाहे मैंले अर्थिक ब्याबस्थापन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

तीन महिने चलेको सो तालिममा
प्रशिक्षक मिना राना र संगिता थापाले आफैले पहिले विधार्थी रहेको र अहिले त्यसै तालिमको प्रशिक्षक भए बताउनुभयो ।
तालिममा २७ जनाको सहभगिता रहेको थियो । तालिम सम्पन्न पछि १० थान सिलाई कटाई मिसन कार्यक्रम सहभागि निम्न वर्ग प्रशिक्षार्थीलाई हस्तान्तरण गरियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation