![](https://ujyaalopost.com/wp-content/uploads/2022/06/bishnu-paudel-nekapa.jpg)
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले फूलमाला र नेताको अगाडि–पछाडि कार्यकर्ताको लावालस्कर नलगाउन भन्नुभएको छ । उहाँले मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।
उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘सरल जीवनको छुट्टै महत्व हुने भन्दै नेताहरू काठमाडौँबाट जिल्लामा आउँदा गाडी छैन भने, बरु एउटा गाडी पठाइदिनुस् । तर गाडीका लस्कर, नेता÷कार्यकर्ता लाइनमा बसेर फूलमाला र खादा लिएर एयरपोर्ट जान आवश्यक छैन ।’
जिल्लामा आउने नेतालाई कुनै उपाधि जितेर फर्किएकालाई जस्तो सम्मान दिन नपर्ने उहाँको सुझाव थियो । नेता पौडेलले जनताको बहुदलीय जनवाद ९जबज० र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै आफूहरु अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको, ओठे भक्ति र स्तुती होइन मनैदेखि सैद्धान्तिक अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउनु भयो ।