बुटवल-चन्द्रौटा हाइवे आयोजनाको इआईए प्रतिवेदनमाथि सैनामैनामा सर्बजनिक सुनुवाई

सैनामैना १६, असार । बुटवल गोरुसिङगे चन्द्रौटा ५० कि=मि= सडक खण्ड स्तरोन्नति आयोजनाको प्राम्भिक वातावरणीय परीक्षण प्रतिवेदन आम सरोकारवालाका बीच छलफल भएको छ । सो सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सैनामैना नगरपालिकामा सम्पन्न भएको हो । पूर्व पश्चिम राजमार्गको व्यापार पारवाहन साथै देशको सामाजिक, आथिक विकासमा वृद्धि गर्नु सडक विस्तारको मुख्य उद्धेश्य रहेको सो अवसरमा वताइएको छ । सडक खण्डलाई २ लेनबाट ४ लेनमा स्तरोन्नति गरिने छ । सो आयोजना बुटवलको तिनाउ पुलदेखि ३०० मिटर पश्चिमबाट शुरु भई ,गोरुसिंगे बजार हुँदै बलेवा गर्दा खोला नजिक २०० मिटर अगाडी समाप्त हुनेछ।

हालको ७–८ मिटर चौडाईको बिटुमिन सडकलाई ग्रामीण र वन क्षेत्रमा २४ मिटर, अर्ध शहरीक्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा सर्भिस लेन सहित ५० मिटर चौडाईको हुने गरि सडक निर्माण गर्ने प्रस्ताव गरिएको छ । वातावरण विज्ञ राजन श्रेष्ठले सवाजनिक सुनुवाईमा वाताबरणीय प्रभाव प्रतिवेदन प्रस्तुत गर्दै आयोजनाको जानकारी,आयोजनाको प्रत्यक्ष प्रभावित क्षेत्र, स्तरोन्नति डिजाईन, प्रभाव पर्ने जिल्ला नगर, वडा, आवस्यक निर्माण सामाग्रीको परिमाण, भौतिक वातावरण, सामाजिक आर्थिक र सास्कृतिक वातावरण, सडक क्षेत्रमा पर्ने संरचनाहरु, सकरात्मक प्रभाव र भौतिक वातावरणमा पर्ने असर , वन, जनावर लगायतको बारेमा चर्चा गर्नु भएको थियो ।

प्रतिवेदन प्रस्तुतपछि विभिन्न सुझावहरु सहभागिले राखेका थिए । जसमा सार्वजनिक शौचालय, आकासे पुलको संरचना, जङगली जनावर हुने ठाउँमा कस्तो बनाउने, मन्दिर व्यवस्थापन, खानेपानीको पाईप, पोल तार लगायतका विषयमा प्रश्न उठेका थिए । यता प्रश्नको समाधान युक्त जवाफ इन्जिनियर सौरभ ढुंगानाले दिनु भएको थियो । कार्यक्रमको समापन ub}{ कार्यक्रमका अध्यक्ष नगरपालिकाका नगर प्रमुख फणेन्द्र शर्माले राजमार्ग विस्तार र स्तरउन्नती अत्यन्तै सह्रानिय काम भएको बताउदै सुझावमा उठेका प्रश्नको समाधान सहित सडक विस्तार तिव्र पारिनु पर्ने बताउनु भयो ।

उहाँले आयोजनाका काममा स्थानीय समस्यामा साथ सहयोग हुने बताउनु भएको थियो । सामाजिक तथा पुर्र्नवास विषेशज्ञ रविन ढकालले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । सार्वजनिक सुनुवाईमा उपप्रमुख बिना राना वडाका वडा अध्यक्षहरु, प्रशासकिय अधिकृत भिम प्रशाद तिवारी विभिन्न संघ सस्था, राजनैतिक दलका प्रतिनिधि, बुद्धिजिवी नगरका कर्मचारी प्रहरी प्रशासनका प्रतिनिधीको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation