सुरेश परियार,असार ३० गते
पछिल्लो समय हुने अवैध गतिविधीका विरुद्धमा प्रहरी नायव निरिक्षक प्रकाश शाही कडा रुपमा प्रस्तुत भएका छन् । जव इलाका प्रहरी कार्यालय बेथरी,रुपन्देहीको प्रमुखको रुपमा सरुवा भई आएका शाहीले बेथरी इलाका हुने अवैध कारोबारीलाई निरुसाहित पार्न विशेष योजनाका साथ अघि बढ्दै आएको पाइन्छ ।प्रहरी नायव निरिक्षक प्रकाश शाहीले त्यो क्षेत्रमा हुने तस्करी,अवैध माटो तथा खोलाजन्य पदार्थ उत्खनन् गरि विक्रिवितरण गर्ने कार्यलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको दायरामा ल्याउदै आएका छन् ।
यस्तै,इलाका प्रहरी कार्यालय बेथरी,रुपन्देहीको प्रमुख प्रकाश शाहीको कमाण्डमा खटिएको टोलीले अवैध रुपमा बालुवा उत्खनन् गर्ने जेसिबी र बालुवा ओसारपोसार गर्ने टिप्परलाई नियन्त्रणमा लिईएको छ । गत असोज महिना देखि असार सम्म आउँदा यि अवैध कार्यमा संलग्न ३० वटा सवारी साधन नियन्त्रणमा लिईसकेको शाहीको भनाई छ । जसमा सियारी गाउँपालिकाबाट ४ वटा,कोटईमाईबाट १० वटा सवारी साधन र मायादेवी गाउँपालिकाबाट १५ वटा निन्यन्त्रणमा लिई आवश्यक कार्वाहीका लागी सम्बन्धित निकाय पठाइसकेको बताइएको छ ।अवैध कार्यमा प्रयोग हुने जेसिवी,एक्साभेटर र टिप्परहरु रहेका छन् ।
अनैतिक क्रियाकलापलाई निरुसाहित पार्दै आमजनतामा शान्तिसुरक्षाको प्रत्याभुति दिलाउन सफल भएको भन्दै अहिले इलाका प्रहरी कार्यालय बेथरी,रुपन्देहीका प्रहरी नायब निरिक्षक शाही स्यावासका पात्र बनेका छन् ।