तिलोत्तमामा आफ्नै श्रीमानविरुद्ध बलात्कारको मुद्दा दायर !

रुपन्देही तिलोत्तकी एक महिलाले आफ्नो श्रीमानविरुद्ध बैबाहिक बलात्कारको आरोप मुद्दा दर्ता गरेकी छन् । आफू शारिरीक रुपमा अशक्त भएको अवस्थामा समेत पतिले लामो समयदेखी जबरजस्ती करणी गरेको भन्दै ईलाका प्रहरी कार्यालय बुटवलमा पुगरे उनले किटानी जाहेरी दिएकी हुन् । तिलोत्तमा नगरपालिकाकी न्यायीक समिति संयोजक तथा उपमेयर जागेश्वरीदेवी चोधरीकी बुहारी बर्षा चौधरीले आफ्नो श्रीमान मोहन चौधरीले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै मुद्दा दर्ता गरेकी हुन् ।
सो अत्याचारबारे परिवारजन र आफान्तलाई जानकारी गराउँदा पनि वास्ता नगरे पछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छिन् । उजुरी लगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ । आफ्नै पत्नीलाईसमेत इच्छाविपरीत जबर्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation