पर्रोहा बोलवम श्रावणी मेलाको अन्तीम सोमबार दर्शनार्थीको घुइचो । (भिडियो सहित)

विमल गैरे, सैनामैना ।
गत असार २९ गते गुरु पुर्णिमा देखी सुरु भएको बोलवम श्रावणी मेला सैनामैना रुपन्देहीको पर्रोहा बोलवम धाममा दिनानुदिन दशनार्थीको भिड बढ्दै गएको छ । मेला सकिन मात्र चार दिन बाकि रहदा आज मेलाको अन्तीम सोमवार भएको कारण पनि हिजोका दिनमा भन्दा दर्शनार्थीको भिड भएको हो । आफ्नो मनोकांक्षा पुरा हुने आसले दर्शनार्थीहरु चर्को घाममा पनि छाताकै सहराले घण्टौसम्म लाइनमा बसेर जल चढाउछन् ।


एक महिना सम्म लाग्ने योे श्रावणी मेलामा हजारौ धार्मिक यात्रीले नेपालका प्रसिद्ध तिर्थ स्थल गुल्मिको रिडि, नवलपरासिको त्रिवेणी धाम, देवघाट, कपिलवस्तुको लक्ष्मणघाटधाम लगाएतका ठाउँहरुबाट जल लिएर पश्चिम नेपालको धार्मिक आस्थाको धरोहर मानिने श्री पर्रोहा परमेश्वर शिव ज्याृर्तिलिङ्ग बोलवम धाममा जल स्नान गराउने गर्दछन् ।

श्रावण महिनामा जलार्पण गर्नाले मनोकामना पूर्ण हुने ,रोकिएका कार्यहरु तथा बाधा अड्चनहरु हटने,प्राकृतिक दैबी विपत्तिबाट छुटकरा मिल्ने मन शान्ति हुने सामाजिक सास्कृतिक बिश्वास वृद्धि हुने एवँ भोलेनाथको असिम अनुकम्पा प्राप्तहुने जन बिश्वास रहेको पाईन्छ । बर्षेनी यस धाममा एकमहिना सम्म लाखौ धर्मावलम्बीहरुले पहेलोे बस्त्र लगाई जलबोकी भजन कृतन गाउदै नाच्दै जलार्पण गर्ने महत्त्वपूर्ण तिर्थस्थलको रुपमा यस बोलबम धामलाई लिन सकिन्छ ।

एकमहिना सम्म लाग्ने यो मेला यहि श्रवाण २७ गते जनैपुर्णिमाको दिन सकिदै छ ।

भिडियो हेर्न तलको लिङ्क खोल्नुहोला ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation