
उज्यालो पोष्ट, सैनामैना ।
सैनामैना–२, रानिबगैचामा रहेको लिट्ल वर्डस् ईङ्गलिस स्कुलले बुधवार एक विशेष समारोहकाबीच कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुका लागि एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिती सदस्य राजन अर्यालकोे अध्यक्षतामा, योग प्रशिक्षक तथा बौद्धिक व्यक्ति ऋषिराम न्यौपानेको प्रमुख आतिथ्थता, विद्यालय व्यवस्थापन समितिका सदस्य तिलक थापा तथा विद्यालयका प्राचार्य श्रवण कुमार गौतम, सह प्राचार्य शुरेस पौडेल, +२ संयोजक शुुसिल पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयले शैक्षिक सत्र २०७८ को एस.इ.इ परिक्षामा सम्मिलित भई उत्तीर्ण विभिन्न विद्यालयका सम्पूर्ण विद्यँर्थीहरुलाई शुभकामना सहित अभिमुखिकरण तालिम दिइएको थियो ।कार्यक्रममा विद्यालयका प्राचार्य श्रवण कुमार गौतमले निकट भविष्यमै विद्यालयले व्यवस्थापन बाहेक अन्य संकाय समेत सञ्चालन गर्ने तथा व्यवस्थापन संकायमा यस विद्यालयले उत्कृष्ट शैक्षिक फड्को मारेको जानकारी गराउनु भएको थियो । साथै कक्षा ११ मा भर्ना हुन आउनुहुने सम्पुर्ण विद्यार्थीहरुलाई आफुले राम्रो बिद्यालय छनोट गरेको, यस विद्यालयमा अतिरिक्त कृयाकलापमा सहभागी गराएर पठन पाठन हुने भएको हुदाँ ढुक्क संग पढ्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा करिब दुई घण्टा योग प्रशिक्षक तथा बौद्धिक व्यक्ति ऋषिराम न्यौपानेले सहभागी विद्यार्थीहरुलाई विभिन्न बौद्धिक तथा आध्यात्मिक ज्ञान सहित अभिमुखिकरण तालिम दिनुभएको थियो । सुरेश पौडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक विनोद के.सीले गर्नु भएको लिट्ल वर्डस् ईङ्गलिस स्कुलका प्राचार्य श्रवण कुमार गौतमले उज्यालो पाष्टलाई जानकारी गराउनुभयो ।