सैनामैना तीज महोत्सवमा दर्शकलाई दैनिक बिशेषज्ञ डा.बाट चेकजाच गरिने

उज्यालो पोष्ट, सैनामैना ।
रुपन्देहीको सैनामैनामा प्रथम सैनमैना तीज महोत्सव हुने भएको छ । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर स्थानीय कला संस्कृतिको संरक्षण र पर्वद्धन गर्नका लागि तीज महोत्सव हुन लागेको हो । जय माता दि एम्युजमेन्ट एण्ड इेभेन्ट म्यानेजमेन्ट प्रा.लि. को व्यवस्थापन दुधराक्ष युवा क्लव र उमङ्ग म्युजीक प्रा.लि को संयुक्त आयोजनामा महोत्सव हुन लागेको मुल आयोजक समितिले जानकारी दिएको छ । आज पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी पुरा भएको बताउदै यहि भदौ २ गते देखि १४ गते सम्म महोत्सव सञ्चालन हुने बताइएको छ ।

नेपाली लोकसस्कृतिलाई जर्गेना गरि सैनामैनालाई व्यापार क्षेत्रमा उत्पादित वस्तु, सेवा, सीप, पर्यटकहरुको आर्कषणको केन्द्र बनाउन महोत्सव गर्न लागीएको अध्यक्ष किरण पोख्रेलले बताएका छन् । महोत्सवमा पर्यटन प्रवर्द्धन गोष्ठी,औद्योगिक प्रदर्शनी,उत्पादित वस्तुको खरीद बिक्री,दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरीद विक्री,बालउद्यान हुनेछ भने राष्ट्रिय तथा स्थानीय गरी सय बढी कलाकारको प्रस्तुती रहने अध्यक्ष पोख्रेलले जानकारी गराए । महोत्सवमा खुल्ला तिज गित प्रतियोगिता, अन्र्तमावि तिज गित प्रतियोगिता, तथा डान्सीङ आइडल समेत हुने जनाइएको छ ।

१३ दिन सम्म लाग्ने महोत्सवको मुख्य आकर्षकको रुपमा दैनिक विशेषज्ञ डाक्टरबाट निशुल्क चेक जाच समेत गर्ने बताइएको छ । मेला सम्पन्न गर्न अनुमानित खर्च ५० लाख लाग्ने र आम्दानी अनुमानीत ८० लाख गर्न सकिने आयोजक समितिले प्रत्रकार सम्मेलनमा जानकारी गराएको छ । महोत्सवमा करिब १ लाख बढि दर्शकहरु भित्रिने अनुमान गरिएको छ भने महोत्सवमा बिक्रि भएको प्रति टिकट बापत रु.१ रुपियाँ सामाजिक क्षेत्रमा खर्च गरिने बताइएको छ ।
सैनामैना वडा न.७ देउवापार स्थित होटल द दारीमा भएको पत्रकार सम्मेलनमा सचिब पदम पाण्डेको सञ्चालन रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation