रुपन्देही क्षेत्र नं. ५ माओवादी केन्द्र बाट उमेद्वार नाम सिफारिस

उज्यालो पोष्ट, रुपन्देही ।

नेकपा (माओवादी केन्द्र) का नेता मुहम्मद वकिल मुसलमान आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–५ बाट उमेदवार सिफारिस भएका छन् ।
सो क्षेत्रमा माओवादीका तर्फबाट उनको एकल नाम सिफारिस गरिएको हो । उनी पूर्व बन मन्त्री समेत भैसकेका उच्च छविका राजनितिज्ञ हुन ।

उनले सोही क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । प्रत्यक्षतर्फ यस क्षेत्रबाट मुसलमानको मात्र नाम सिफारिस गरिएको क्षेत्र नम्बर–५ का क्षेत्रीय इन्चार्ज अमर रोकाले जानकारी दिए ।
यस क्षेत्रबाट समानुपातिकतर्फ अमर रोकाको नाम सिफारिस गरिएको छ । यस्तै प्रदेश सभा तर्फ ५को (१)मा निर्मल जिसि, भोलानाथ बस्याल, दिपिका शर्मा, बिनोद कुमार पुन सिफारिस गरियको छ भने क्षेत्र नं ५ को(२) मा बिक्रम यादव, महेन्द्र यादव, राममिलन यादब सिफारिस गरिएको उनले जानकारी दिए ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा एमाले र कांग्रेसको मत बराबर जस्तो देखिन्छ । मुहम्मद वकिल मुसलवानले गठबन्धन तर्फवाट टिकट पायको खन्डमा भने गठबन्धन दल माओवादी लगायत अन्य दल सामेल हुदा जित निश्चत जस्तो देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation