आगलागीबाट घरगोठ सहित धनमाल जलेर नष्ट

सुग्रिम यादव
हथिहवा । २६ चैत्र


कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ५ हथिहवामा आगलागि हुदाँ घरगोठ सहित धनमाल जलेर नष्ट भएको छ । राति ३ बजेको समयमा गोठमा लामखुट्टे भगाउनको लागि राखेको आगोले आगलागी भएको अनुमान गरिएको छ ।

आगलागिबाट २ वटा गाई र २ वटा बाख्रा जलेर मरेको छन । भने २ गाई र २ बाख्रा गम्भिर रुपले जलेको प्रहरीले बताएका छन । रातीको समयमा लल्लु भरको घरमा आगलागि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट एउटा घर पूर्ण रुपमा क्षति हुनुका साथै गोठ र घरभित्रको अन्न, कपडा, नगद ३६ हजार नष्ट भएको परिवारले बताएको छ ।

भुसबाट सुरु भएको आगो घरमा सल्किएको थियो । आगलागीबाट मानवीय क्षति नभएपनि गोठसँगै फुसको घरमा भएको सबे समान पुर्णरुपमा जलेको ईलाका प्रहरी कार्यालय पकडीले जानकारी दिएको छ । आगलागीका कारण करिब ७ लाख बराबरको क्षति भएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation