मधेश मानव अधिकार गृह द्वारा आइसुलेसन मृत्युु भएका मृतक परिवारलाई राहात प्रदान

चैत २८, कपिलवस्तु

कोरोनाको आशंकामा जिल्ला अस्पताल ताैलिहवाकाे आइसुलेसन वार्डमा उपचाररत विजयनगर गाँउपालिका २ का युवाको मृत्यु पछि उनका परिवारलाई राहत प्रदान गरिएको छ । मानव अधिकारकाे क्षेत्रमा कृयासिल मधेश मानव अधिकार गृह (माहुरी होम) द्वारा पिडीत परिवारलाई १० हजार रुपैया प्रदान गरिएको हो । संस्थाका कार्यक्रम अधिकृत दिनेश चौधरीले उक्त रकम पीडित परिवारलाई प्रदान गरिएको बताइएको छ ।

विजयनगर गाउंपालिका वडा नं २ का ३० वर्षीय गोवर्धन भरको कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा सोमबार राती मृत्यु भएको थियो । साे पश्चात उनकाे परिवारकाे अार्थीक अवस्था कमजाेर रहेका र काज कृया गर्न समेत समस्या भएकाे सम्बधमा सामाजिक स‌जाल सचार माध्यमहरुमा समाचारहरु अाएका थिए । उक्त दिनै गृहका अध्यक्ष रविन्द्रनाथ ठाकुरले स‌स्था उक्त रकम सहयाेग गर्ने बताएका थिए । साथै अध्यक्ष ठाकुरले अन्य संघ संंस्था र व्याक्तिवहरुलाइ पनि सहयाेगकाे लागि अनुराेध गरेका थिए ।

काेराेनाकाे आशंकामा आइसुलेशनमा राखिएतामा मृतक युवाकाे स्वाब परिक्षण पछि उनमा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भएको हो । लामो समय देखि क्षयरोगका विरामी रहेका भरको क्षय रोग र निमोनियाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation