बालेनको पत्रपछि ८४ लाख राजश्व संकलन, कसले कति कर तिरे (सूचीसहित)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा भएको पत्राचारपछि राजश्व जम्मा हुन थालेको छ। लामो समयदेखि मनोरञ्जन कर नतिर्ने कम्पनीहरुलाई महानगरले अल्टिमेटमसहित कर तिर्न पत्राचार गरेपछि ८४ लाख रुपैयाँ कर संकलन भएको हो ।
महानगरपालिकाका अनुसार भदौ १५ देखि २३ गतेसम्मको अवधिमा ८४ लाख ३४ हजार ९३१ रुपैयाँ कर संकलन भएको छ । जसमा ९ वटा कम्पनीले कर तिरेका छन् । महानगरपालिकाका अनुसार काठमाडौं फनपार्क, डेल्टीन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन हायात, माजोङ इन्टरटेनमेन्ट, बाल्को क्यासिनो, बेलिज क्यासिनो र रोयल क्यासिनोले मनोरञ्जन कर तिरेका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation