राहात वितरण बारे वार्ड अध्यक्ष ज्यूलाई खुल्ला पत्र

नयाँ बर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । २०७६ सालको अन्त्यले हामिहरुलाई ठूलो चुनौती थपेर गएको छ । कोभिट १९ कोरोना भाईरसले अन्तराष्ट्रिय रुपमा भयाभय अवस्था लिएको छ जस्को रोकथामका आधा भन्दा धेरै बिश्व नै अहिले ठप्प छ । नेपाल सरकारले पनि कोरोना रोकथामका लागि गएको चैत्र ११ गते दुखी सम्पुर्ण देशलाई पुर्ण रुपमा लक डाउन गरेको छ । आज विगत तिन हप्ता देखी सम्पुर्ण नेपालीहरु घर भित्रै थुनिएर बस्न बाध्य छौ । यो हामी सबैको रहर नभई बाध्यता हो र सम्पुर्ण नेपालीहरु कोरानालाई जित्नको लागि घर भित्रै बस्नै पर्दछ र नेपाल सरकारलाई सहयोग गर्नै पर्दछ ।

अव सर्न्दभ यो खुल्ला पत्रको बारेमा

जो जस संग सम्बन्धति छ ।
आज नयाँ बर्षको दिन बिहान ७ बजे तिर मर्निङ्ग वार्क बाट फर्कदै थिए । आज नयाँ बर्षको दिन यो पत्र नलेखेका भए पनि हुने तर मनले मानेन त्यसैले यहाँकोे शुभ चिन्तक भएका नाताले यो पत्र लेख्दै छु । म साईकल चलाएर आउदै मेरा केही मित्रहरुले ल आयो पत्रकार यसलाई भन्नु न भन्नु भनेर गाउँका मानिसहरुलाई जम्मा गराएर उभ्भाई हाल्नु भयो । यो कोरानाको संन्त्रास शारिरिक दुरी कायम गर्ने अपर्ने अवस्था तर मानिहरु भेला हुन मैले भने टाढा–टाढा जानुस, वहाहरुले सुरु गर्नु भयो आफ्नो भनाईहरु यहाँले नेतृत्व गरेको वर्डामा तिन÷चार दिन देखी राहात बाड्ने काम सुरु भएको रहेछ । तर त्यहा जम्मा भएको भिडको भनाइ भने अर्कै छ । “हामीहरुलाई दुई दुई वटा भारतिय कम्पनीको साबुन ल्याएर दिईयो जुन गुणस्तरहिन छ । तर हामीहरु आफै डिटोल साबुन किनेर प्रयोग गरिरहेका छौ । यो दुई सावुन हाम्रो घरमा फाल्नुका अर्थ के हो ?” यो के हो भनेर फाल्ने मान्छेलाई सोध्दा वडाले पठाएको भन्ने उत्तर आएछ । त्यसै भिडमा एक जनाले भन्नु भयो “मेरो किराना पसल छ मेरोमा सावुन फाल्नुका् अर्थ के, उनैले भने तर मेरो गाउँको घरमा पनि एउटा सावुन फालिएको रहेछ ।” कुरा बुझ्दा थाहा भयो गाउँका घरहरु एउटा एउटा साबुन फालिएको रहेछ । चोकका घरमा दुई वटा, तर यो छलफल जहाँ भईरहेको थियो त्यसैको बाटो किनार मै दुई वटा झुपडी रहेछ त्यहा पनि यहाँको वडाले साबुनै फालेर गएछ, हात धुनलाई होला । तर जस्ले हात मुख जोर्न सकेको छैन् उक्त घरमा साबुन फालेर हुने के ? उक्त घर परिवारको आर्थिक अवस्थाको कुरा गर्ने हो भने लकडाउन सुरु भएको ५÷६ दिन पछि नै गाउँका मानिसहरुले चामल पिठो उपलब्ध गराएर अहिले सम्म पालेका छन । छलफल हुदै गर्दा जानकारीमा आयो की गाउँका केही घरहरुमा १५ केजी चामल, १ पोका नुन, तेल, एउटा सानो नम्बर १ साुबन बाडिएको छ । तर सबैलाई अचम्ममा छन् की यो राहात दैनिक ज्यालादारी गर्ने कल कारखानामा काम गर्ने र जस्को घरमा चुलो बल्न नस्क्ने अवस्था छ उसलाई दिने हो की जस्को पक्की घर छ, दुई तिन वटा किराना चलाएको छ । जस्ले करिव एक बर्षलाई पुग्ने खाध्य वस्तु चामल र दाल स्टक राखेको छ, जस्को घरमा एक दर्जन डिटोल साबुन कोरोनाको भयलेनै किनेर राखिएको छ त्यसको घरमा ?
खैर वडा अध्यक्ष ज्यूलाई लाग्छ होला यस्ले भोट बढ्ला तर यहाँ ढुक्क हुनु होस यस्ले कुनै पनि प्रकारको भोट बढ्नेवाला छैन् । त्यसैले अहिले पनि समय छ, राहात त्यस्तालाई दिनुस जस्लाई आवश्यकता छ ।
साथै अर्को कुरा यहाँलाई भन्न चाहान्छु यहाँ लगायत यहाँको पालिकाले बाडेको सामान हिसाव हरेक नागरिकले गरेका रहेछन् उहिरुको आक्रोस छ जो पटक पटक राहात चाहियो भनेर पालिकाको कार्यालयमा धाएको उनिहरुले अझै केही पाउन सकेका छैनन् । तर जस्को आर्थिक हैसियत छ उसलाई यो १ हजार देखी लिएर १२ सय सम्मको सामान दिएर वडाले के गर्न खोजेको । हुन त यहाँलाई नि समस्या होला पुनः निर्बाचन लड्नु पर्ने छ यही मौकामा १५ केजी चामलले अर्को चुनावमा ताल मार्न पाईएला भनेर मैले त्यस्तो होला जस्तो कतै देखिन ।
यहालाई मेरो भन्नु यही छ यहाँ हजुरले हाल नेतृत्व गरिरहेको वडामा सबैको घरमा त्यो साबुन फाल्नुको सट्टा जस्लाई आवश्यकता छ त्यसलाई पहिचान गरेर राहात दिनुस यहाँलाई सघाउन यहाँको वडा सदस्यहरु हुनु हुन्छ, युवा क्लवहरू छन्, गाउँमा महिला स्वमसेवकहरु हुनु हुन्छ । यहाँ हार्दिकता देखाएर मात्र जानुस सहयोग गर्ने हातहरु हजारौ छन् ।
तर खुसिको कुरा यो संकटको घडीमा स्थानियहरुले एक अर्कोको पिर मर्का बुझेका छन् । समुदायमा स्तरमा देखाएको मानवताले पनि हामी यो कोेरोनाको महामारीलाई २०७२ सालमा गएको भुकम्पको बेलामा जस्तै डटेर मानवियता र हार्दिकता देखाएर सामना गर्न सक्छौ । बस आवश्यकता छ सत्यता, कर्तव्य निष्टा, ईमादारिता र जवाफदेहिता आज देखी सुरु भएको नयाँ बर्ष २०७७ ले हामी सम्पुर्ण नेपालीहरुमा यस प्रति सदबुद्दि पलाअाैस ।

बसन्त बन्जाडे
newsbasant@gmail.com

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation