नेकपा माओवादी केन्द्रले समानुपातिक लिष्ट अपरान्ह साढे ४ बजे निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ ।
‘अध्यक्ष प्रचण्डसहित शीर्ष नेता सोलुखुम्बुको एक कार्यक्रममा गएर भर्खरै फर्किँदै हुनुहुन्छ । उहाँहरु फर्किएपछि छोटो समय पदाधिकारी बैठक बस्नेछ त्यसपछि समानुपातिक फाइनल गर्नेछौ’ माओवादीका एक नेताले भने– ‘पदाधिकारी बैठकले निर्णय गरेपछि लिष्ट लिएर साढे ४ बजेतिर बुझाउने तयारी गरेका छौ ।’
माओवादीले समानुपातिक लिष्ट फाइनल गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ । सोही कार्यदलले फाइनल गरेपछि पार्टी पदाधिकारीले निर्णय गर्ने भएको छ ।