विवेकशील साझा पार्टीले १२ जना केन्द्रीय सदस्यको राजीनामा स्वीकृत गरेको छ । केन्द्रीय सदस्यहरूले पेश गरेको राजीनामा अध्यक्ष समीक्षा बास्कोटाले विधानको भाग ११ को दफा ६८९१० बमोजिम स्वीकृत गरेकी हुन् ।
अध्यक्ष बास्कोटाले पार्टी निर्माणमा उनीहरूले गरेको प्रयासका लागि आभार व्यक्त गर्दै र आउँदो यात्रा सुमधुर बनोस् भन्ने शुभकामना पनि व्यक्त गरेकी छन् । राजीनामा दिनेमा दीपकप्रसाद उप्रेती, महेन्द्र थापा, अनिल भेटवाल, भीम प्रसाद अधिकारी, डा।तारा काफ्ले, रजनी केसी, बिराज भक्त श्रेष्ठ, जमुना शर्मा, श्रीकृष्ण श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोख्रेल र रोशन सिवाकोटी रहेका छन् ।