सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको बताएका छन् । शनिवार रौतहटमा आयोजित कार्यक्रममा सहभागी आएका पूर्व प्रधानमन्त्री नेपालले सिमरा विमानस्थलमा रातोपाटीसँगको कुराकानीमा बोल्दै दलहरुबीच सिट बाँडफाँटमा टुंगो लागिसकेको बताएका छन् ।
‘१० देखि बढीमा २० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ, त्यो पनि आज भोलिसम्म सहमति भइहाल्छ’ नेपालले भने । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई सबैतिरबाट चाप, दवाव र तानातान भएकोले जस्ले बढी तान्न सक्छ सोही क्षेत्रबाट चुनाव लड्ने पूर्व प्रम नेपालले टिप्पणी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation