बालुवाटारमै शेखर कोइरालाको सम्पर्क कार्यालय खडा,स्वयम्भूबाट प्रधानमन्त्रीलाई दबाब

नेपाली काँग्रेसका नेता डा। शेखर कोइराला समूहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने थप निर्णय गरेको छ ।
आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुसँग गरिने तालमेलमा कम्तिमा एक सय सीट काँग्रेसको हुनुपर्ने अन्यथा विद्रोहको चेतावनी दिएको उक्त समूहले हिजो स्वयम्भूस्थित एउटा पार्टी प्यालेसमा बोलाएको बैठकबाट थप दबाब दिने निर्णय गरेको हो ।
स्वयम्भू पार्टी प्यालेसमा बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म बसेको बैठकले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवामाथि थप दबाब बढाउन आफूनिकट केन्द्रीय सदस्य,जिल्ला सभापति,पूर्व जिल्ला सभापति,प्रदेश समितिका पदाधिकारी, भ्रातृ संस्थाका नेताहरुको भेला आज बोलाउने निर्णय गरेको छ ।
आजको भेलाले आन्तरिक रुपमा संघर्षका कार्यक्रमलाई अघि बढाउने सम्भावना छ । कोइरालाले आफ्नो समूहको सम्पर्क कार्यालय बालुवाटारमा खोलेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation