
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजित भई हालै गठन भएकोनेकपा ९बहुमत०ले देशलाइ सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।
यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको चुनाब अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको थियो ।
महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अथिति चित्रबहादुर आलेले ४ मंसिरको निर्वाचन जनता ठग्न र झुक्याउन गरिएको व्यवस्थाको निरन्तरता रहेको आरोप लगाए ।
केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका आलेले कम्युनिष्ट भनेको आफूहरुमात्र भएको दाबी गर्दै प्रचण्डहरू कांग्रेसको शरणमा विलय भएको जिकिर गरे ।
धर्मेन्द्र वास्तोला नेतृत्वको बहुमतले अब देशमा कम्युनिष्ट र कांग्रेसको नैतिकता सकिसकेको दावी गरे क्रान्ति रोज्नुपर्नेमा जोड दिंदै आएको छ ।