कटुवाल काण्ड जस्तै बन्यो रामापुर क्याम्पस

सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुख पदमा अर्याल र गिरी चयन भएसी यतिवेला क्याम्पसको चौतर्फी चर्चा भएको छ ।

सामाजिक सञ्जाल फेशबुक भरी विष्णु अर्याल र जगलाल गिरीलाई बधाइको ओइरो आइरहेको छ । सैनामैना ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख यदुलाल पन्थको कार्यकाल असोज १३ गते सकिदै थियो । कार्यकाल सकिने भएसी पन्थले १३ गतेनै अर्याललाई कार्यवाहको जिम्मा दिनु भएको टेलिफोन संवादमा वताउनुभयो । उहाले भन्नु भयो आफ्नो कार्यकाल सकिने भएपछि कार्यवाहक दिनु आफ्रनो कर्तव्य हो । त्यसैले मैले अर्याललाई कार्यवाहक क्याम्पस प्रमुखको जिम्मा लगाए ।

यता पुर्व क्याम्पस अध्यक्ष बालकृष्ण गैरेले कृष्णप्रसाद पोख्रेललाई कार्यबाहक अध्यक्षमा नियुक्त गरि आफू बिदा भएका थिए । कार्यबाहक अध्यक्ष पोख्रलले भने कार्यबाहक क्याम्पस प्रमुख अर्याललाई कार्यवाहक क्याम्पस प्रमुख स्वीर्कानुभएन उहाले पनि कार्यवाहक क्याम्पस प्रमुखमा जगलाल गिरीलाई नियुक्त गर्नुभयो । पोख्रेल संग पनि हामी यस विषयमा टेलिफोन संवादमा कुरा ग¥यो उहाले भन्नुभयो यदुलाल पन्थको कार्यकाल असोज ११ गते सकिएको हो । तर पन्थले १३ गते अर्याललाई कार्यवाहक क्याम्पस प्रमुखमा नियुक्त गरे पछि आफुले असोज १४ गते गिरीलाई कार्यवाहक क्याम्पस प्रमुखमा नियुक्ती गरेको बताउनुभयो ।

तर सामाजिक संजालमा भने दुवैले आ–आफ्नो निकटका मान्छेलाई कार्यवाहक क्याम्पस प्रमुख पदमामा नियुक्ति गरेको टिका टिप्पणी छ । सामाजिक सञ्जाल फेशवुकका आधारमा जगलाल गिरीलाई नेपाली कांग्रेस र विष्णु अर्याललाइ नेकपा एमाले निकटले बधाई दिइरहेका छन् । शैक्षिक संस्थामा राजनिती हुनुहुदैन यस विषयको टुङ्गो क्याम्पस सञ्चालक समितिको बैठक वसेर लगाउनु पर्दछ ।

चर्चित ‘कटवाल प्रकरण’का प्रमुखमध्येका एक पात्र हुन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०६६ सालमा प्रधानसेनापति रुक्मांगद् कटवाललाई बर्खास्त गर्दै खड्कालाई प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको थियो।

तर, सत्तासाझेदार तत्कालीन नेकपा एमालेलगायतका दलले नै यो निर्णयमा आपत्ति जनाउँदै सरकार छाडेपछि राष्ट्रपति डा। रामवरण यादवले कटवाललाई नै प्रधानसेनापतिमा थमौती गरेका थिए । यो प्रकरणपछि पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation