प्रतिनिधि सभा निर्वाचन यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूची प्रकाशित गरिसकेको छ । आयोगका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठुलो संख्यामा उम्मेदवारी काठमाडौंको निर्वाचन क्षेत्र नं।१ मा परेको छ । यो क्षेत्रमा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाले उम्मेदवारी दिएका छन् ।
दोस्रो ठूलो संख्यामा उम्मेदवारी मोरङ निर्वाचन क्षेत्र नं।३, धनुषा निर्वाचन क्षेत्र नं।३ र काठमाडौं निर्वाचन क्षेत्र नं।४ मा परेको छ । यी तीनवटै क्षेत्रमा ३१–३१ जनाले उम्मेदवारी दिएका छन् ।
मोरङ निर्वाचन क्षेत्र नं।३ मा २७ जना पुरुष र ४ जना महिला, धनुषा क्षेत्र नं।३ मा २५ जना पुरुष र ६ जना महिला र काठमाडौं क्षेत्र नं। ४ मा २९ जना पुरुष र २ जना महिलाको उम्मेदवारी परेको छ ।
तेस्रो ठूलो संख्यामा उम्मेदवारी काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं। २ मा रहेको छ । यो क्षेत्रमा २५ जना पुरुष र ५ जना महिला गरी कुल ३० जनाको उम्मेदवारी परेको छ ।

चौंथो ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं।४, काठमाडौं निर्वाचन क्षेत्र नं।५ र काठमाडौं निर्वाचन क्षेत्र नं।७ मा परेको छ । यी तीनवटै निर्वाचन क्षेत्रमा २९–२९ जनाले उम्मेदवारी दिएका छन् ।

आयोगका अनुसार धनुषा निर्वाचन क्षेत्र नं।४ मा उम्मेदवारी दिने २९ जनामा एक जना पनि महिला रहेका छैनन् । उम्मेदवारी दिनेहरूमा काठमाडौं निर्वाचन क्षेत्र नं।५ मा २५ जना पुरुष र ४ जना महिला र काठमाडौं निर्वाचन क्षेत्र नंं।७ मा २४ जना पुरुष र ५ जना महिला छन् ।

पाँचौ ठूलो संख्यामा उम्मेदवारी सुनसरी निर्वाचन क्षेत्र नं।२ मा परेको छ । यो क्षेत्रमा २५ जना पुरुष र २ जना महिला गरी २७ जनाले उम्मेदवारी दिएका छन् । छैठौं ठूलो संख्यामा उम्मेदवारी भक्तपुरको निर्वाचन क्षेत्र नं।२ मा परेको छ । यो क्षेत्रमा २० जना पुरुष र ६ जना महिला गरी कुल २६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation