हटाए हटाइयोस् हामी राजीनामा दिँदैनौँ ; मन्त्री यादव

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पदबाट राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारबाट जसपाका चार मन्त्रीहरु हटाएलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरुले राजीनामा दिने अपेक्षा गरेका थिए । तर, केन्द्रको समीकरण फेरिए पनि मधेस प्रदेशका कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरु आफै राजीनामा नदिने पक्षमा पुगेका छन् ।
‘हामी राजीनामा गर्दैनौं, मुख्यमन्त्रीले हटाए हटाउनुहोस्’ भौतिक पूर्वाधार विकास मन्त्री तथा मधेस प्रदेशका कांग्रेस नेता समेत रहेका रामसरोज यादवले रातोपाटीसँग भने, ‘हामी किन राजीनामा दिने रु’ मधेस प्रदेश सरकारमा कांग्रेसका ३, माओवादी केन्द्रका राज्यमन्त्रीसहित २ र नेकपा एकीकृत समाजवादीका १ गरी ६ जना मन्त्री छन् ।
यता जनता समाजवादी पार्टी ९जसपा० का मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले भने शुक्रबार दिनभरमा पनि कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीले राजीनामा नदिए मुख्यमन्त्रीले साँझ नै बर्खास्त गर्ने तयारी गरेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation