नेकपा माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य वीरबहादुर गोले, विशाल जर्घासहित ६० जनाले एमाले रोजेका छन् । प्रस्तावित प्रदेश कमिटी सदस्य टेकनाथ खरेलले पनि आजैदेखि माओवादी केन्द्र छाडेका छन् ।
रौतहटको चन्द्रपुर नगर कमिटी उपाध्यक्ष रामबहादुर घलानलगायत नेकपा माओवादी केन्द्र, रौतहटका ६० जना स्थानीय नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेको बताइएको छ ।
संयुक्त विज्ञप्ति जारी गरेर माओवादी छाडेको जानकारी गराएका उनीहरुले आजै बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीको हातबाट अबिर र खादा लगाएका हुन् ।