बुटवलको तिनाउ नदिमा अर्याल मृत अवस्थामा फेला

बुटवल । तिनाउ नदि तर्ने क्रममा बेपत्ता भएका एक युवा मृत अवस्थामा फेला परेका छन्।

बुटवल उपमहानगरपालिका वडा नं ११ सिरानगाउ बाट तिनाउ नदि तरेर लुम्बिनी प्रादेशिक अस्पताल तिर जाने क्रममा बेपत्ता भएका बुटवल ११ सिरानगाउ मजुवा ३ नं टोल निवासी डिल्लराज अर्याल सुद्धोधन गाउपालिकाको बेतहनी भन्ने स्थानमा मृत फेला परेका हुन्।

बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा सदस्य युवराज रानाले नदिमा बगेर हराई रहेका अर्याल बेतहनी स्थीत तिनाउ नदिमा मृत अवस्थामा फेला परेको बताए।

अन्दाजी ४० बर्षिय मृतक अर्याल लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटफाटमा ब्यवसाय गर्दै आईरहेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation