माओवादीका बागी र तिनलाई सघाउने सबै पार्टीबाट निकालिए

नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी हाल्ने नेता(कार्यकर्तालाई निश्कासनको कारवाही गरेको छ ।

पार्टी तथा गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिई पार्टीको निर्देशनबमोजिम मनोनयन फिर्ता नलिएका उम्मेदवार,तिनका प्रस्तावक र समर्थकलाई माओवादीले पार्टीबाट निकालेको हो । कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा बागी हाल्ने उम्मेदवार र उनीहरुका प्रस्तावक तथा समर्थक सबैलाई पार्टीमा साधारण सदस्यसमेत नरहे गरी कारवाही गरिएको उल्लेख छ ।कारवाहीमा परेकाहरुले आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्णरुपमा सक्रिय रहने प्रतिबद्धता गरे पार्टीमा फर्किने मौका पनि माओवादीले दिएको छ । असोज ३१ गतेभित्र सार्वजनिक वक्तव्य प्रकाशित गरेर आफ्नो उम्मेदवारी निस्क्रिय गराई आधिकारिक उम्मेदवारलाई सघाउने प्रतिवद्धता आए कारबाही फिर्ता लिइने जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation