दार्चुला पुगेका ओलीले भने( सत्ता गठबन्धन टाला जोडेर बनेको पुतली हो

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन टाला जोडेर बनेका पुतली रहेकाले त्यसले राष्ट्रका समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन्।
दार्चुलाबाट एमालेको चुनावी सभा सुरूवात गर्दै ओलीले यस्तो बताएका हुन्।

‘सत्ता गठबन्धन टाला जोडेर बनेका पुतली हुन्। यसले बनाउने सरकार पनि टाला जोडेर बनेका पुतली जस्तै हो। अहिलेको आवश्यकता भनेको बलियो राष्ट्रिय शक्तिको निर्माण हो,’ ओलीले भने।
मुलुकमा स्थिरता कायम गर्नका निम्ति र मिचिएका सिमाना फिर्ता ल्याउनका निम्ति एमालेको सरकार बन्नुपर्ने उनले बताए।

‘एमालेले मुलुकमा स्थिरता कायम गर्छ। मिचिएका भू(भाग फिर्ता ल्याउँछ। समृद्धि हासिलका निम्ति एमालेकै सरकार आवश्यक छ,’ ओलीले भने।
ओलीले भारतलाई सानो चित्त गरेर सीमा नमिच्न पनि आग्रह गरेका छन्।
‘भारत विशाल छ तर सीमाना सार्छ। यो कुरा सुहाउँदैन,’ ओलीले भने।
दार्चुलाबाट एमालेको चुनावी सभा सुरू गरेका ओलीले सत्ता गठबन्धनलाई एमालेले जत्तिकै संख्यामा जनताको उपस्थिति गराउन पनि चुनौती दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation