लिङदेनको प्रश्न ८० वर्षका देउवालाई प्रधानमन्त्री बनाउँदा देश बन्छ त ?

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेनले ८० बर्ष पुग्न लागेका कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्दा देश बन्छ त रु भनेर प्रश्न गरेका छन् ।
बिहीबार सिन्धुपाल्चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले एकचोटी यो देश बनाउन राप्रपालाई मद्दत गर्न आग्रह गरे । ‘एकचोटी राप्रपालाई यो देश बनाउने मौका दिनुपर्यो’, लिङदेनले मत माग्दै भने, ‘यो राप्रपालाई मद्दत हुँदैन । तपाईहरुलाई नै मद्दत हुन्छ ।
उनले कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरुले पनि छातीमा हात राखेर तीनै पार्टीका नेताहरुलाई कति पटक भोट दिँदा देश बन्छ होला भनेर प्रश्न गरे ।
‘शेरबहादुर देउवा आज पाँचौपटक यो देशको प्रधानमन्त्री हुनुहुन्छ । ७९ वर्षको उमेरमा हुनुहुन्छ । के उहाँलाई छैठौचोटी ८० वर्षको उमेरमा प्रधानमन्त्री बन्ने मौका दिँदा चाहिँ देश बन्छ होला त रु’, लिङदेनले अरुको नाम नलिने भन्दै प्रश्न गरे । उनले अरु पार्टीले नेपाललाई विकास गर्नुको साटो अरवियनको नोकर उत्पादन गर्ने काम मात्रै गरेको टिप्पणी गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation