उम्मेदवारी खारेज गरिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा।तोसिमा कार्कीले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई थालिएको छ । ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी कार्कीको उम्मेदवारी गत १२ गते आयोगले खारेज गरिदिएको थियो ।
तर कार्कीको रिट निवेदनपछि सर्वोच्चले अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । आज सोही रिट निवेदनमाथि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलास नम्बर २ मा सुनुवाई भइरहेको छ ।
कार्कीले सरकारी कोषबाट नियमित रकम बुझेको देखिन आएको भन्दै आयोगले उनको उम्मेदवारी रद्ध गरिदिएको थियो । तर डा। तोसिमाले आफूले उम्मेदवारी मनोनयन अगावै पेश गरेको निवेदनमाथि आयोगले कुनै निर्णय नगरी चुनावी प्रचार प्रसार शुरु हुने क्रममा गरेको उक्त निर्णय बद्नियतपूर्ण रहेको दाबी गर्दै सर्वोच्च गुहारेकी हुन् ।