शाहको नेतृत्वमा रुपन्देही ५ मा दर्जनौं पुल निर्माण सम्पन्न

सैनामैना,२९ कार्तिक । विकासप्रेमी नेताको पहिचान बनाउनु भएका नेपाली कांग्रेसका नेता तथा रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहको नेतृत्वमा रुपन्देही निर्वाचन क्षेत्र नं। ५ मा एक दर्जन बढी पुल निर्माण सम्पन्न भएका छन । ती पुलले रुपन्देहीको ग्रामिण क्षेत्रका दुर्गमका गाउँ बस्ती र सहरलाई जोडन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन ।
त्यतिमात्र होइन गाउँका उत्पादन सहरसम्म पु¥याउन निर्माण भएका पुलले महत्वपूर्ण सहयोग पु¥याएका छन । त्यसैगरी शाहकै नेतृत्वमा अरु आधा दर्जन बढी पुल निर्माणको चरणमा रहेका छन भने केही पुल रकम विनियोजन भएर निर्माण सम्पन्न हुने अवस्थामा पुगेका छन ।
पुल निर्माण सम्पन्न भएपछि ग्रामिण क्षेत्रका जनतालाई सहरसम्म जोडन सहयोग मात्र पुगेको छैन, ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको तरकारी लगायतका बस्तुको पहुँच सहरी बजारसम्म पु¥याउन सुविधा पुगेको छ ।
ग्रामीण क्षेत्रमा निर्माण भएका पुलले जनताको जीवनस्तर माथि उठेको छ ।शाहकै पहलमा गजेडीदेखि रुद्रपुर जोड्ने कंचन नदीमा पुल निर्माण भएको छ भने भैरबघाटमा हालै निर्माण सम्पन्न भएको छ ।
त्यसैगरी गजेडी रुद्रपुर जोडने कन्चन नदीको बन्कसिया घाटमा पुल निर्माण भैरहेको छ । सूर्यपूरा क्षेत्रको दानव नदीमा पुल निर्माण सम्पन्न भएर संचालनमा आएको छ ।
रामपुर लौतापानी जोड्ने सडकको इन्गुरिया नदीमा पुल निर्माण सम्पन्न भैसकेको छ ।
त्यसैगरी सहमति चोकदेखि बाँसगढी चम्खिपुर जोडने बनरहवा नदीमा हालसालै पुल निर्माण सम्पन्न भैसकेको छ ।
सैनामैनाको बयरकट्टी र दुधराक्षलाई जोड्ने गरि इन्गÞुरिया नदीमा पुल निर्माण सम्पन्न भएको छ भने बेलवा, हसनापुर र किसुली जोड्ने गरि इन्गÞुरिया नदीमा पुल निर्माण सम्पन्न भएको छ ।
भरत शाहकै पहलमा बरौली जर्लेवा सडक खण्ड अन्तर्गत कन्चन नदीमा पुल निर्माण सम्पन्न भै सञ्चालनमा आएको छ भने खुनगाई आमा सडक अन्तर्गत तेलार खोलामा पुल निर्माणको काम सम्पन्न भएर सञ्चालनमा आईसकेको छ ।
त्यसैगरी सैनामैना ९ शंकरपुर गाऊँदेखि जनकल्याण माबि जाने सडकमा झोलुङ्गे पुल पनि शाहकै पहलमा निर्माण निर्माण सम्पन्न भएको छ ।
उता लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १० मा लक्ष्मीपुर गाउँ जोडने सडकमा पुल निर्माण सम्पन्न भएको छ भने लुम्बिनी सांस्कृतिक नगरपालिका वडा ११ धुपही गाऊँ जोडने सडक खण्डमा पनि पुल निर्माण सम्पन्न भैसकेको छ ।
त्यस्तै कन्चन गाउँपालिकाको दानापुर र बिचवापुरको बीचमा रहेको कन्चन नदीमा पक्की पुल निर्माणाधिन अवस्थामा रहेको छ भने सैनामैनाको झिमझिमिया पानवारी जोड्ने कन्चन पुलको निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको छ ।
उता सैनामैना ५ गौडी गाऊँ र खानेपानी टंकीदेखि सैनामैना ७ जोडनेगरि तुलबुलिया खोलामा बन्ने पुलको सर्वे डिजाईन गर्ने प्रक्रियामा रहेको छ र पुलका लागि रकम बिनियोजित भएको छ ।
उता सुखौंरा गाऊँ जोडने सडकमा पुलका लागि रकम बिनियोजत भएको छ भने अहिले डिजाईन गर्ने प्रक्रियाका लागि रकम बिनियोजित भएको छ ।
स्थानीय रुपन्देही क्षेत्र नं. ५ का जनताले सानो समयमा पनि यति धेरै पुल निर्माण गरेर जनताको जीवनमा परिवर्तन ल्याउन दिनरात खटिने शाहको जीत निश्चित रहेको बताउँछन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation