
साना किसान कृषि सहकारी संस्था सैनामैना ४ पर्रोहाले संस्थाको २० औं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन शनिवार सम्पन्न भएको छ ।
सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका र मायादेवी गाउँपालिकामा आफ्नो कार्यक्रम विस्तार गरी ३ हजार ९०० सदस्यलाई सेवा पु¥याउँदै आएको छ ।
कृषि विकास बैंकले २०४२ सालमा यस क्षेत्रमा शुरु गरेको साना किसान विकास कार्यक्रम पर्रोहामा लागू गरी साना किसान विकास आयोजना पर्रोहा नामकरण गरेदेखि नै संस्थाले समूहलाई ऋण प्रदान गर्दै आएको छ ।
उक्त संस्था २०६० साल माघ १५ गतेका दिन डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भई साना किसान कृषि सहकारी संस्था लि. पर्रोहाको नामबाट सन्चालन हुँदै आएको हो ।
लघुवित्त कार्यक्रम अन्तर्गत समुहको माध्यमबाट ऋण लगानी, बचत संकलन तथा सामाजिक सामुदायिक कार्यक्रम र तालिम सन्चालन गर्ने संस्थाको मूख्य उद्देश्य रहेको छ ।
साधारण सभा तथा अधिवेशनमा प्रमुख अथितिको रुपमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले साना किसान सहकारी यस क्षेत्रका हजारौं कृषकका लागि आयआर्जनको माध्यम बनेको बताउँदै संस्थाले अव आफूलाई परिमार्जन गर्दै अनुसन्धानमूलक काममा अघि बढ्नुपर्ने बताउनु भयो । कार्यक्रममा विशिष्ट अथिति सैनामैना वडा न चार का वडा अध्यक्ष राम प्रसाद अधिकारि, गणेश प्रसाद भट्टराई, टीका न्यौपाने, गोपाल पौडेल, भोजराज भन्डारी लगायत अतिथिहरुले आ आफ्नो धारणा राख्नुभयको थियो ।