माओबादी केन्द्र कन्चन गाउपालिका बैठक चुनाबी समिक्षा गर्दै सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) कन्चन गाउँपालिका कमिटिको समिक्षात्मक बैठक आज रुद्रपुरमा सम्पन्न भयको छ ।

चुनाबी समिक्षाको रुपमा बसेको बैठकले नेपाली काङ्ग्रेस सङको गठबन्धन चुनाबमा जादा काङ्ग्रेस इमानदार नभयको भन्दै आफ्ना उम्मेद्बार हार्नुपरेको अधिकास पालिका सदस्यले रिपोर्ट राखेका थिए । रिपोर्टिङकै क्रममा आगामी चुनाब सुझबुझका साथ लड्नुपर्ने भन्दै आजै बाट तयारी गर्नुपर्ने बतायका थिय ।    कन्चन गाउपालिका उपमेयर मौसमी थापा , कार्यपालिका सदस्य कुमारी घर्ती मगर, सुकमाया दर्जी लगायतले अगामी चुनाबमा माओबादी एक्लै लड्न सक्ने बाताबरण बनाउदै लैजान आफुहरु कार्यपालिकाबाट सकारात्मक भुमिका खेल्ने र तैयारिका साथ लाग्ने बताउदै पार्टीलाई सचेततापुर्बक लाग्न आग्रह गरे ।

माओबादी केन्द्र कन्चन गाउपालिकाका अध्यक्ष पुस्पराज सर्माको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथी माओबादी केन्द्र प्रदेश सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र न ५, इन्चार्ज अमर रोका , सह इन्चार्ज भोला बस्याल, हस्त सावर, दिपिका शर्मा, क्षेत्र न ५ सचिब रोमनाथ न्यौपाने, क्षेत्र न ५ क संयोजक रमेश गैरे लगायतले प्रशिक्षणमुलक मन्तव्य राखेका थिय भने कार्यक्रमको सन्चालन कन्चन गाउपालिका सचिब सिताराम थारुको संचालनमा सम्पन्न भयको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation