प्रचण्डले विश्वासको मत लिए पछी मात्रै मन्त्रीमण्डल विस्तार गर्ने

पुस १० मा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २९ गते विश्वासको मत लिने तयारी गरका छन । पुस २५ गतेका लागि संसद्को अधिवेशन आह्वान भईसकेको छ भने उनले पुस २९ गते विश्वासको मत लिने प्रस्ताव संसदमा राख्ने तयारी गरेका छन् ।सरकार बनेको ३० दिन भिनत्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानीक प्रावधान छ ।

विश्वासको मत लिएपछि मात्रै बाँकी रहेको नयाँ मन्त्रीमण्डल विस्तार र सभामुख चयनको काम सुरु गरिने छ ।सरकारलाई धेरै राजनीतिक दलले समर्थन गरेको भएपनि राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जसपा सरकारमा सामेल भएका छैनन् । जस कारण पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत छिटो लिनु पर्ने दबाब छ ।विश्वासको मत लिनु भन्दा अगाडी सरकारमा भागवण्डाका पहिला गर्दा गठबन्धनका दलहरुमा विवाद आउन सक्ने भएकाले पनि प्रचण्डले विश्वासको मत लिन हतार गरेको आशंका गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation