
माघ १६ ,सैनामैना ।
सैनामैना नगरपालिकामा रहेको पर्राेहा बहुमुखी क्याम्पस को १२ औँ क्याम्पस सभा तथा बार्सिक उत्सब सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री एंवम प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले सरकारको सिमित स्रोत र साधनले गर्दा शैक्षिक सुधारमा चुनौती रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको पुर्व मन्त्री श्रेष्ठले अब शिक्षा प्राबिधिक र बैज्ञानिक हुनुपर्नेमा समेत जोड दिनु भएको थियो ।
सैनामैनाको संमग्र शिक्षा क्षेत्र सुधारका लागि विभिन्न योजनाहरु बनाएर नगरपालिका अगाडि बढेको सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बताउनु भएको थियो ।
समय अनुसार र परिवर्तित शिक्षा दिन नसक्दा अभिभावकहरुले बालबालिकामा गरेको लगानीमा र बालबालिकाको समय खेर गईरहेको छ सैनामैनाका पुर्व नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भएको थियो । सैनामैनामा एकै प्रकृतिको २ वटा बहुमुखी क्याम्पस रहेकोले र यसको विकल्प सोच्ने बेला आएको समेत कार्कीको भनाई थियो ।
क्याम्पसको भौतिक र शैक्षिक गुणस्तरमा ध्यान दिदै आएको क्याम्पसका अध्यक्ष खुशीराम चौधरीले बताउनुभयो । क्याम्पसको बार्षिक प्रतिवेदन प्रतुस्त गर्दै अध्यक्ष चौधरीले क्याम्पस संचालन गर्न हेरेक निकाय र तहको सहयोग जरुरी रहेकोले सम्पुर्ण तहबाट सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख हेमचन्द्र शर्मा खरालले क्याम्पसको शैक्षिक प्रतिवेदन र कोषाध्यक्ष मन्जु ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सोही अवसरमा क्याम्पसको विभिन्न क्रियाकलापमा उत्कृष्ट बिधार्थीहरुलाई पुरस्कार वितरण एंवम क्याम्पसलाई योगदान पु¥याउनु हुने ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रममा सैनामैनाका वडा अध्यक्षहरुको तर्फबाट राम प्रसाद अधिकारी, सैनामैनाका शिक्षा समितिको तर्फबाट नेत्रलाल पुरी, क्याम्पसका पुर्व अध्यक्ष तुल्सी कुमार भुषाल पुर्व क्याम्पस प्रमुख चित्र बहादुर के सी, बिधार्थीको तर्फबाट पुजा ढकाल,शहिद नारायण रामापुर क्यापस प्रमुख हेम बहादुर थापा, नेकपा एमालेका चन्द्रकान्त भण्डारी, नेपाली काङ्ग्रेसका रण बहादुर खनाल लगायतले क्याम्पसको बारेमा बोल्नु भएको थियो ।
क्याम्पसका संचालक समिति उपाध्यक्ष मीन प्रसाद पौडेलको स्वागत, क्याम्पसका प्रध्यापक जगन्नाथ गौतमको संचालनमा सैनामैना ४ स्थित क्याम्पस प्रङ्गणमा कार्यक्रम सम्पन्न भएको थियो ।