कपिलवस्तुमा ९ सय २५ रयापिड टेस्ट । सबैको रिपोर्ट नेगेटिभ ।।

कपिलवस्तु , १३ बैशाख

कपिलवस्तुमा १४ दिनमा ९ सय २५ जनाको र्यापिड टेस्ट भएको छ । आज ३ पालिकामा कुल ४७ टेस्ट भएका छन् । यशोधरा ३, बिजयनगरमा ६ ६ र कृष्णनगरमा ३८ टेस्ट भएका छन् । अहिले सम्म सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताएका छन् ।

अहिलेसम्म बिजयनगर गाउपालिकामा १ सय ९२, महराजगंज नगरपालिकामा २ सय १२, सुद्धोदन गाउपालिकामा ६६, मायादेबी गाउपालिकामा ८९, कृष्णनगर नगरपालिकामा ९८, शिवराज नगरपालिकामा ५५ जनाको टेस्ट भएको छ । यस्तै कपिलवस्तु नगरपालिकामा ३९, यशोधरा गाउपालिकामा ८३ र बाणगंगा नगरपालिकामा ४८ जनाको टेस्ट बुद्धभुमीमा ३६ भईसकेको छ ।

१० पालिकाले तयार गरेको एक हजार ३२ क्वारेन्टाईन बेडमा एक हजार ५४ जना रहेका्ेमा ८ सय ५० जना डिस्चार्ज भई हाल २ सय ४ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो ।

यस्तै पहिलो चरणको राहत अन्तर्गत कपिलवस्तुका १० पालिकाले २२ हजार ९५५ बिपन्न परिवारलाई राहत बितरण गरिएका छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation