बायाँटारी-हेलु अव्यवस्थित सडक तुरुन्तै पुनर्निर्माण गर्न नेकपा द्वारा सडक डिभिजन कार्यलय पोखरालाई दबाब

संवाददाता
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले २८ औं जनयुद्ध दिवसको अवसरमा स्याङ्जाको वालिङ् भुम्रे-डुम्रेभञ्ज्याङ सडक अन्तर्गत आधींखोला पुलमा निर्मित सहिद गेट रङ्गरोगन तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नेकपा स्याङ्जाले सहिद भवन,सहिद गेट र स्मृति भवनहरुलाई थप व्यवस्थित गर्ने,सहिद परिवार भेटघाट तथा सबै दलहरू संग अन्तरक्रिया र छलफल कार्यक्रम अगाडि बढाउने तयारी गरेको छ ।
यस्तै वालिङ १४ हुल्काङमा अव्यवस्थित रुपमा ठेकदारले लापरबाही पुर्ण तरिकाले सहिद गेट भत्काएको र अहिलेसम्म बनाउने बिषयमा वेवास्ता गरेको भन्दै उक्त सहिद गेट पुनर्निर्माणमा चासो नदेखाए पार्टीले कदम चाल्ने समेत बताएको छ
साथै स्थानीय तहमा दलीय आधारमा हुने गरेका राजनीतिक विभेदका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ भने सिद्धार्थ राजमार्ग बायाँटारी-हेलुसम्मको जिर्ण र अस्तव्यस्त रहेको सडक तुरुन्त काम शुरु गराउन सडक डिभिजन कार्यलय पोखरामा दबाब र ध्यानाकर्षण दिने तयारी गरेको नेकपा स्याङ्जाले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation