विप्लव नेतृत्वको नेकपा स्याङजाद्वारा लघुवित्तको बिरोधमा कालो ब्यानर प्रदर्शन,लघुवित्तले ट्रचर गरे खबर गर्न अपिल

विकल्प न्यौपाने/संवाददाता
५ फाल्गुन । विप्लब निकट नेपाल कम्युनिष्ट पार्टी स्याङजा जिल्ला कमिटिले बैकंहरुको चर्को व्याजदर, लघुबित्त र मिटर व्याजका बिरुद्द बिरोध प्रदर्शन गरेको छ ।

पार्टी केन्द्रीय कार्यक्रम अनुसार बिरोध कार्यक्रम गरिएको हो । नेकपाले कालो ब्यानर सहित प्रदर्शन गरी वालिङ,गल्याङ र स्याङ्जामा ब्यानर टागेको हो ।

स्याङजाका गाउगाउमा पुगेर सस्तो ब्याजमा रिन दिने नाममा जनताहरुलाई ठ्ग्ने केही लघुबित्तहरुको गुनासो आएको भन्दै गुनासोको आधारमा लघुबित्तहरुलाई ज्ञापनपत्र देखी अन्य संघर्षका कार्यक्रमहरु समेत तय गरिएको नेकपा स्रोतले बताएको छ ।
स्याङजामा आधिखोला लघुबित्त,सुर्यादय लघुवित्त, मुक्तिनाथ लघुबित्त,नेष्टो नेपाल लगायतका लघुबित्तहरु सक्रीय छ्न ।

समुह बनाएर अनावश्यक ऋण प्रवाह गर्ने र २१ देखि २९ प्रतिशतसम्म ब्याज असुली गरेको गुनासो नेकपामा परेको छ ।
नेकपाले अनावश्यक ब्याज असुली गर्ने बैंक तथा लघुवित्तका विरुद्ध संघर्षमा आउन सबैलाई आग्रह समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation