बुटवलमा रक्तदानसहित सहिद सप्ताहको समापन

सन्जय गुरुङ, बुटवल । सहिद स्मृति प्रतिष्ठान नेपाल , रुपन्देहीद्धारा आयोजित सहिद सप्ताह -२०७९ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बुटवलको ब्लड बैंकमा भएको कार्यक्रममा फागुन २१ गते आइतबारको दिन भएको कार्यक्रममा २९ युनिट ब्लड संकलन भएको छ।

सहिद प्रतिष्ठानका उपाध्यक्ष मनोज रानाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता बामदेव क्षेत्रीको प्रमुख अतिथित्यता रहेको थियो। कार्यक्रममा बोल्दै नेता क्षेत्रीले रक्तदान र रगतको महत्वबारे चर्चा गरेका थिए।

कार्यक्रममा माओवादी नेता गोबिन्द केसी, बिनोद पहाडी , निर्मल जिसि, यज्ञ पोखरेल र धन बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

जनयुद्धका सहिदहरुको स्मृतिमा प्रत्येक बर्ष फागुन १४ गते देखि २१ गतेसम्म सहिद बिपेत्ता र घाइते परिवारहरु भेटघाट र छलफल र सम्मान गरिने कार्यक्रम अन्तर्गत यस बर्ष पनि सहिद सप्ताहभर विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। बुटवलमा रक्तदानसंगै सहिद सप्ताहको समापन गरिएको माओवादी रुपन्देही जिल्ला संयोजक निर्मल जिसीले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation