सैनामैना महोत्सव ः नगरस्तरीय अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगिताको उपाधि लिटल बर्डसलाई

फागुन २६, सैनामैना ।
नगरस्तरीय अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगिताको उपाधि लिटल बर्डस इङ्गलिस् स्कुलले हात पारेको छ ।
पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा सञ्चालित नृत्य प्रतियोगितामा १३ विद्यालयलाई पछि पार्दै लिटल बर्डसले उपाधि हात पारेको हो । उपाधिसँगै लिटल बर्डसले नगद रु. २५ हजारसहित प्रमाण प्राप्त गरेको छ ।

त्यसैगरी श्री सिद्दार्थ मेमोरियल एकेडेमी बोडिङ्ग स्कुलले द्धितीय स्थान हासिल गर्दै रु. १५ हजारसहित प्रमाण पत्र प्राप्त गरेको अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक चन्द्र प्रकाश वन ( रामु ) ले जानकारी दिनुभयो ।
वनका अनुसार नवप्रभात इङ्गलिस् स्कुल तृतिय हुँदै नगद रु. ८ हजारसहित प्रमाण पत्र प्राप्त गर्न सफल भयो । त्यस्तै बुद्ध इङ्गलिस् बोडिङ्र्ग स्कुल र ग्यालेक्सी इङ्गलिस् बोडिङ्र्ग स्कुल क्रमश ः शान्तत्वना र पाँचौ हुँदै नगद रु.५÷५ हजारसहित प्रमाण पत्र प्राप्त गरे ।

फागुन १७ देखि २८ गते सम्म सञ्चालन हुने महोत्सव सैनामैना २ कालिकाचोक स्थित मधुरिमा ग्लोबल पार्टी प्यालेस नजिकै जारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation