
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )का केन्द्रिय उप महासचिव हरिबोल गजुरेलले प्रचण्ड नेतृत्वको सरकारले छिटो पुर्णता पाउने बताउनु भएको छ ।
सरकार र पार्टी नयाँ शिराबाट अघि बढेको बताउनुहुदै उहाले माओवादी केन्द्र अध्यारोबाट उज्यालो तर्फ गएको बताउनु भयो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहनु भएका नेता गजुरेलले टुटफुट र असफलताको सिकाइबाट नयाँ बिचारको बिकास भएको बताउनु भयो । “पार्टी सकारात्मक दिशातिर छ । सबै माओवादीलाइ एकै ठाउमा उभिने अवस्थामा छौं ।”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) जिल्ला समन्वय समिती रुपन्देहीको आयोजना सनिवार मणिग्राममा भएको अगुवा कर्याकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाले भन्नु भयो -” प्रवृत्तिको ब्यावस्थापन र बिचारको बिकासलाई अझै बढाउनु पर्ने छ ।” उहाँले स्थायी गुटबन्धिले कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउने बताउदै बहस र छलफलबाट निकास निकाल्न सक्ने बताउनु भयो । माओवादीहरु नयाँ सिराबाट छलफल भएको र यस्ले माक्सबादी समाजबादको बाटो पहिल्याउने बिश्वास व्यक्त गर्नु भयो । पार्टीका केन्द्रिय सचीव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनालले जनयुद्धको उपलब्धिको रक्षा गर्न पनि माओवादीहरु एकजुट हुनु पर्नेमा जोड दिनु भयो ।
उहाँले सामन्त दलालहरु सरकार संचालनमा प्रभाव पार्ने गरेको स्वीकार गर्नु हुँदै माओवादिले बर्गको संरक्षक गर्न नसकीएको बताए । प्रशिक्षणमा केन्द्रीय सदस्य किस्मत बिकले माओवादीको एजेन्डामा मुलुक चलेको बताउनु हुदै मुलुकको समस्या समाधान गर्ने पनि माओवादी केन्द्र भएको बताउनु भयो । रुपन्देहीका जिल्ला संयोजक नारायण जिसि (निर्मल)ले पार्टीले जनता र कार्यकर्ताको मनोभावना बुझेर काम गर्ने बताउनु भयो । उहाँले भाबि योजना पेस गर्नु हुँदै रुपन्देहीमा पार्टीलाई मजबुद बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । रुपन्देही क्षेत्र न. १ का इन्चार्ज लेखनाथ न्यौपाने, क्षेत्र न. ३ का इन्चार्ज तिर बहादुर रोका (डार्बिन),क्षेत्र न. २ सह- इन्चार्ज दिपा बिक, क्षेत्र न. ४ का सह -इन्चार्ज सन्त कुमार यादव, क्षेत्र न. ५ का सह- इन्चार्ज चन्द्र घर्तीले रिपोर्टिङ राख्नु भएको थियो ।